काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको सूची तय गरेको छ। 

आज बसेको केन्द्रीय सचिवालय बैठकले विभिन्न क्लस्टरअनुसार ५७ जना समानुपातिक सांसदको सूची तय गरेको हो । 

सूचीअनुसार ५७ मध्ये ४८ महिला र ९ जना पुरुष रहेका छन्। 

जसमध्ये खस आर्यतर्फ  १७, जनजाति १६, मधेशी ९, दलित ८, थारू ४ र मुस्लिमतर्फ ३ जनाको नाम तय गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए । 

को-को परे भन्ने रास्वपाले खुलाएको छैन ।  निर्वाचन आयोगले नामावली रुजु गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले बताए ।

उनका अनुसार सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आज निर्वाचन आयोगमा बुझाउने छ। रास्वपाले प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै १२५ सिट जितेको छ।