कुलमान घिसिङ रास्वपाको उपसभापति, बने दोस्रो वरीयताका नेता
काठमाडौं-उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ । स्रोतका अनुसार उनी रास्वपाको उपसभापतिसहित पार्टीका दोस्रो वरीयताका नेता बन्ने भएका हुन् ।
सोमबार भएको सहमतिअनुसार रास्वपाले १६ प्रतिशतभन्दा बढी समानुपातिक हिस्सा उज्यालो नेपाल पक्षलाई दिने सहमति गरेको बताइएको छ ।
सहमतिपत्रमा केहीबेरमा हस्ताक्षर हुँदैछ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए ।
तीन नेताबीचको सहकार्यलाई नयाँ राजनीतिक शक्तिको उदयका रूपमा हेरिएको छ।

.gif)




फेसबुक पेज Like गर्नुहोस