प्रतिनिधिसभा बैठक फेरि स्थगित, अब १५ मिनेटपछि बस्ने
काठमाडौँ - विपक्षीको विरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगन भएको छ। सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव पेश र जवाफका लागि प्रधानमन्त्री उपस्थित नभएको भन्दै कांग्रेसलगायत प्रतिपक्षीको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
बुधबार बसेको पहिलो बैठकमाा प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताव पेश गर्न खोज्दा कांग्रेस एमाले, राप्रपा र श्रम संस्कृति पार्टीलगायतका सांसदले उठेर विरोध जनाए। बैठक चल्न नसकेपछि सभामुख अर्यालले केही समय बैठक स्थगन गरे।
अर्को बैठकमा अर्थमन्त्री वाग्लेले प्रस्ताव टेबल गरे पनि कांग्रेसका सांसदले उठेर विरोध जनाए। प्रधानमन्त्री नआई बैठक अघि नबढ्ने भन्दै प्रधानमन्त्रीलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे।
सभामुखले सदनमा आउने–नआउनेबारे प्रधानमन्त्रीँग पछि छलफल अघि बढाउने बताए। सभामुख अर्यालले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा मन्त्रीले प्रस्ताव पेश गर्ने र जवाफ दिने विषय संसद् नियमावलीमा उल्लेख भएको स्मरण गराए। अर्यालले सभा सञ्चालनका लागि पटक-पटक आग्रह गरिरहे। तर कांग्रेससहितका प्रतिपक्षी दलका अडान दोहोर्याइरहेपछि बैठक स्थगित भयो।

.gif)



फेसबुक पेज Like गर्नुहोस