एजेन्सी - इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाप्रति कडा चेतावनी दिँदै कुनै पनि युद्ध उक्साउने कदमले अमेरिकाले 'कहिल्यै बिर्सन नसकिने पाठ' सिक्नुपर्ने अवस्था आउने बताएका छन् ।

इरानी सरकारी टेलिभिजनबाट प्रसारित कार्यक्रममा उद्घोषकले खामेनीको नयाँ लिखित सन्देश वाचन गर्दै अमेरिकामाथि सम्झौता उल्लङ्घन र अविश्वसनीय व्यवहारको आरोप लगाएका हुन् ।