काठमाडौं -  प्रदेश २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले राजीनामा दिएकी छिन् ।

उनले मंगलवार मुख्यमन्त्री लालबाबु सर्लाही गएको अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा)का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाललाई राजीनामा बुझाएकी हुन् ।

प्रदेश सरकारको कामकारवाहीबाट आफू असन्तुष्ट रहेको बताउँदै झाले राजीनामा दिएकी हुन् । उनले मन्त्रालयहरू सबै मुख्यमन्त्रीले चलाउन खोज्ने, क्याविनेटबाट पास भएका निर्णयहरू कार्यान्वयनमा अवरोध गर्ने लगायतका आरोप लगाएकी छिन् ।