चुनाव तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल
विराटनगर - गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र प्रभावकारी सेवा प्रवाहलाई सुदृढीकरण गर्ने मूल लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।
बुधबार आयोजना हुने एक दिने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका गृहमन्त्री अर्यालले मोरङस्थित बुधनगरमा सन् २०२० देखि सञ्चालनमा रहेको नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीको स्थलगत निरीक्षणपछि यस्तो बताएका हुन् ।
मन्त्री अर्यालले हालको सरकारको अर्को प्रमुख दायित्व शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पारे ।
‘शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन सक्दैन,’ उनले भने, ‘त्यसैले गृह प्रशासनले शान्ति सुरक्षालाई सबै विषयको पहिलो शर्त मानेर रणनीति तय गरेको छ।’
एक सय २९ बिगाहामा फैलिएको एकीकृत जाँच चौकीमा छुट्टै सुरक्षा फौज आवश्यक रहेको मागप्रति सरकारको ध्यानाकर्षण भइसकेको बताउँदै गृहमन्त्री अर्यालले त्यसका लागि गृह मन्त्रालयले सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस