बुवा-छोराको धारिलो हतियार प्रहार गरि हत्या
खबर एक्सप्रेस
२०७९-०२-०८ ०२:५७ मा प्रकाशित
Total Shares: 242
काठमाडौं, सिरहा - सिरहामा बाबुछोराको विभत्स हत्या भएको छ। आइतबार राति अर्नमा गाउँपालिका १ महनौरस्थित घरमा बाबु-छोराको हत्या भएको हो।
६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या भएको प्रहरीले जनाएको छ। सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने तयारी थियो।
बिहेको खुसीमा नाचगान गरेर ढिलो सुतेका बाबु-छोराको शव हत्या भएको अवस्थामा ओछयानमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस