पश्चिमी वायुको प्रभावले मौसम बदली, पानी पर्ने सम्भावना
काठमाडौं - पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा बुधवार हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।
मंगलवार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने मौसमविद नगरकोटीले बताइन् । ‘शनिवारबाट यो तुवाँलो विस्तारै हट्दै जाने छ’, मौसमविद् नगरकोटीले भनिन् ।
बिहीवार र शुक्रवार पनि देशभर सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस