आज सम्पर्क कार्यालयको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारी
खबर एक्सप्रेस
२०८२-०५-०५ ११:२८ मा प्रकाशित
Total Shares: 73
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयको आज उद्घाटन हुँदैछ। आज दिउँसो २ बजे काठमाडौंको थापागाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ।
उक्त घर मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गर्ने तयारी छ। पूर्वराष्ट्रपति भण्डारीले आफ्ना श्रिमान एवम् नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा रोजेकी छन्। उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस