म्यानचेस्टर सिटीमा भित्रिए इर्लिङ हालान्ड
खबर एक्सप्रेस
२०७९-०३-०२ ०५:५१ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले नर्वे चर्चित युवा स्ट्राइकर एर्लिङ हालान्डलाई औपचारिक रुपमा भित्र्याएको छ।
एक महिनाअघि नै हालान्ड सिटीमा आवद्ध हनु सहमत भएका थिए। तर सिटीले हाल यूईएफए नेसन्स लिग खेलिरहेका हालान्डलाई सोमबार औपचारिक रुपमा भित्र्याएको हो।
२१ वर्षीय हालान्डलाई भित्र्याउन सिटीले ६० मिलियन पाउन्ड खर्च गरेको छ। जर्मन क्लब बोरुसिया डर्टमण्डमा जादुमय प्रदर्शन गरेका हालान्ड सिटीमा अब ९ नम्बर जर्सीमा देखिने बताइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस