सडक बेच्ने उल्टो साइकलयात्रीलाई कैद सजाय
खबर एक्सप्रेस
२०७६-०८-१२ ११:०० मा प्रकाशित
Total Shares: 488
काठमाडौं - सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जरिवाना फैसला गरेको हो ।
एक वर्ष ६ महिना कैद सजाय पाएका विरेश अझै पनि फरार रहेका छन् । उनीहरुले लोकमार्गको सडक बिक्री गरेको अदालतको ठहर छ ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस