काठमाडौं - आईसीसी टी-२० विश्वकपको सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन् ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ।

सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह 'बी' मा छ। दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ।

सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो।

पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो।आजको खेल जित्न सके दुवै देशको  सेमिफाइनल पुग्ने सम्भावना कायम रहन्छ ।

यो समूहबाट इंग्ल्याण्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।