बाढीको जोखिम : नदी किनाराका बासिन्दालाई सतर्क रहन आग्रह
खबर एक्सप्रेस
२०७८-०३-०१ १२:१९ मा प्रकाशित
Total Shares: 375
काठमाडौं,चितवन - स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय सुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सूचनामा बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न–नगराउन अनुरोध गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस