एजेन्सी - बलिउडका स्टार अभिनेता हुन् अर्जुन कपुर । तर, बिस्तारै उनको स्टारडम धरापमा पर्न थालेको छ । मलैका अरोरासँगको सम्बन्धपछि उनी बलिउड चर्चामा कम लब अफयेर चर्चामा बढी आउन थालेका छन् । 

फिल्म पनि एकपछि अर्को गर्दै फ्लप भएका छन् । पछिल्लो समय रिलिज भएको फिल्म पानीपथका कारण त उनी व्यापक आलोचित भएका छन् । 

उनलाई बलिउडमा फिल्म अफरहरु आउन पनि विस्तारै कम हुन थालेको बताइएको छ । सलमान खानका कारण पनि निर्माताहरु उनीसँग काम गर्न नचाहेको बताइएको छ । मलैकाको माया जालमा परेपछि उनको करिअर धरापमा परेको धेरैले बताएका छन् । 

उनलाई मलैकासँग विवाह गर्ने वा नगर्नेबारे प्रश्न गरिएको थियो । जबाफमा उनले आफु बल्ल ३३ वर्षको भएको र विवाहका लागि आफु आतुर नरहेको बताएका छन् । पछिल्लो समय फिल्म इण्डियास मोस्ट वान्टेड फिल्मको प्रचारमा रहेका उनले भनेका छन्,‘मेरो र मलैकाको सम्बन्धबारे सबैलाई थाहा छ ।’ पछिल्लो समय उनी र मलैकाको सेल्फी भाइरल भएको थियो ।