काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कैलालीको टिकापुर बाट कार्यक्रम सकेर बुद्ध एयरको जहाजमा नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रमा केहि यात्रुहरुले आक्रमण शैलीमा मन्त्री विरुद्ध कडारूपमा प्रस्तुत भएका थिए ।

त्यस लगत्तै मन्त्री भट्टराईले फेसबुकमा स्टाटस लेख्दै पारसका मान्छे भएको खुलासा गरेका छन् ।

एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस्  त्यो हामीले कहाँ बिर्सेंका छौ र  सम्म भने त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले  उनले फेसबुकमा लेखेका छन् ।

यस्तो छ - मन्त्री भट्टराईले लेखेको फेसबुक स्टाटस-

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ फर्कने मेरो योजना रहेको थियो । तर कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगंजको अन्तिम उडानबाट काठमान्डौ फर्कनेक्रममा केहि ढिला हुन गएको सत्य हो । सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोली प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३/ ४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दु:ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले ।  सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।  

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुबिधाप्रति भने क्षमाप्राथी छु ।