काठमाडौं - आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद संजयकुमार गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन् । उनले डेंगूको यत्रो संकटमा फसिरहँदा पनि रोकथाम गर्न नसकेको र सरकार सुतिरहेको भन्दै उनले राजीनामाको माग गरेका छन् ।

सरकार अमुन दर्शक भएर बसेको भन्दै उनले सरकारको चर्को आलोचना समेत गरे ।

फरक प्रसंगमा उनले भने, ‘सिंहदरबार गाउँगाउँमा आउँछ भन्थे र यहाँ तर सिंह मात्र घरघर पुग्यो ।’

‘दश वाइडबडी, काण्ड सुन काण्ड कता पुग्यो ?’ उनले सरकारलाई प्रश्न गरे ।