काठमाडौं,एजेन्सी - बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ । दिवंगत अभिनेता ऋषि कपुरका कान्छा भाई समेत रहेका राजीवको हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको हो ।

केही महिना पहिले ऋषि कपुरको निधनबाट शोकमा डुबेको कपुर परिवार फेरि शोकमा डुबेको छ । अभिनेता रणबीर कपुरले आफ्ना काकालाई राजीवलाई काँध दिएर उनको पार्थीव शरीरलाई बिदा गरेका छन् ।

राजीवको अन्तिम संस्कारमा शाहरुख खान, सोनाली बेन्द्रे, आलिया भट्ट, तारा सुतरिया, अनु मलिक, चंकी पाण्डे लगायत पुगेका थिए । तस्बिरमा शाहरुख खान हात जोड्दै गर्दा देखा परेका छन् । बलिउड सुपरस्टार राज कपुरका ३ छोराहरु रहेका थिए । जसमध्ये जेठा छोरा ऋषि कपुर र कान्छा छोरा राजीव कपुरको निधन भएको छ ।

अब रणधीर कपुर रहेका छन् । राजीव कपुरले एक दर्जन भन्दा बढी हिन्दी सिनेमामा काम गरेका थिए । उनको जलजला, राम तेरी गंगा मैली, लाभा, मेरा साथी लगायत चर्चित छन् ।