काठमाडौं - विदेश पठाइदिन्छु भन्दै आफ्नै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारी पक्राउ परेका छन् । आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

चार जना शिष्यलाई विदेश पठाइदिने प्रलोभन देखाउँदै पैसा असुलेर विदेश नपठाएको भन्दै महाशाखामा परेको उजुरी पछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

भण्डारीले चेक गणतन्त्र पठाइदिन्छु भन्दै पैसा उठाएको बताइएको छ । भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् ।