कांग्रेस कार्यसम्पादन समितिको बैठक, समानुपातिक सांसदको टुंगो लगाइने
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 35
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ ।
फागुन २१ को निर्वाचनपछि आज पार्टी कार्यालय सानेपामा कांग्रेसको पहिलो औपचारिक बैठक बसेको हो ।
आजको बैठकमा कांग्रेसले समानुपातिकको नाम टुंगो लगाउनेछ ।
निर्वाचन आयोगले यसअघि तीन दिनभित्र समानुपातिकको सूची बुझाउन भनेको थियो ।
त्यसैले आजै नाम टुंगो लगाएर निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले बैठक बसेको हो ।
बैठकमा पदाधिकारीसहित कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको छ ।
चुनावमा भएको सर्मनाक हारपछि पार्टी सभापति गगनकुमार थापा पनि पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस