कांग्रेसले पनि टुङ्ग्यायो समानुपातिकबाट २० सांसदको नाम, १५ जना महिला
काठमाडौं - नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम टुङ्गो लगाएको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको हो ।
सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सिफारिस भएका मध्ये आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एकगरि पाँच र अन्य तीन जनाको नाम समेत क्लष्टर मिलाएर आयामेगमा पठाइने प्रवक्ता चालिसेले बताए ।
चालिसेका अनुसार ती मध्ये १५ जना महिलाको नाम अनिवार्य रूपमा आयोगमा पठाइने छ ।
समानुपातिक सांसदहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
आफूहरुले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने चालिसेले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस