जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
खबर एक्सप्रेस
२०८२-१२-०१ ०४:४० मा प्रकाशित
Total Shares: 62
काठमाडौं - जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै जेनजी अगुवा रक्षा बमसहितको समूहले माइतीघरमा प्रदर्शन गरेको हो।
आयोगले गत २४ फागुनमा सरकारलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो।
प्रदर्शनमा सहभागीले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्न माग गर्दै नवयुवाले बगाएको रगतको अवमूल्यन नगर्न सरकारसँग आग्रह पनि गरेका छन्। प्रदर्शनकारीले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका छन्।

.gif)


फेसबुक पेज Like गर्नुहोस