काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगन थापाबीच भेटवार्ता भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापतिसहितको टोलीले कार्कीसँग भेट गरेको हो।

भेटमा कांग्रेस उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल र गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।