आईपीएलमा सन्दीप सम्मिलित दिल्लीले चेन्नईसँग खेल्दै
खबर एक्सप्रेस
२०७७-०६-०९ ०६:४९ मा प्रकाशित
Total Shares: 462
एजेन्सी - इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा सुरु हुनेछ।
दिल्ली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ। यता, चेन्नई भने तेस्रो खेलमा दोस्रो जित निकाल्ने दाउमा छ। दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो।
महेन्द्रसिंह धोनीको कप्तानीमा मैदान उत्रिन लागेको चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेट हराएको थियो । तर, दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस