भक्तपुर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् ।

राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् । 

अध्यक्ष थापाले भने, “पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्छौँ ।” अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्त र विचारले पार्टी काँग्रेस कम्युनिष्टको विकल्पको रूपमा रहेको छ भने ।  

कार्यक्रममा अध्यक्ष थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी (विक्रम) र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए।