काठमाडौं - युइयफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले जित हात पारेको छ । गएराति भएको खेलमा रियलले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २-१ले पराजित गरेको हो । 

रियलको जितमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल गरे जसमा ब्राजिली विंगर भिनिसियस जुनियरले दुवै पास उपलब्ध गराएका थिए । साख्तरका फर्नान्डोले एक गोल फर्काए । रियलले खेलको १४औं मिनेटमा बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । ३९औं मिनेटमा फर्नान्डोले गोल गर्दै साख्तरलाई खेलमा फर्काए । त्यसपछि ६१औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २-१को जित दिलाए ।

यो जितसँगै समूह ‘डी’ को रियलले ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित साख्तर १ अंक जोडेर पुछारमा छ । समूहकै अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले  मोल्दोभाको एफसी सेरिफलाई ३–१ ले पराजित गरेको छ ।