कोरोना संक्रमणबाट एक महिलाको मृत्य
खबर एक्सप्रेस
४ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं-कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मंगलबार बिहान नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
मृतक महिलालाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो ।
कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।
फेसबुक पेज Like गर्नुहोस