बजेट पारित गराउने सत्तापक्षीय दलको निर्णय
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 10
काठमाडौं-नेपाल सरकारबाट संघीय संसद्मा प्रस्तुत विनियोजन विधेयक, २०८२ पारित गराउने निर्णय गरेको छ ।
बालुुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले यस्तो निर्णय गरेको हो ।
शीर्षनेताहरुको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका छलफलमा प्रधानमन्त्रीसहित सम्बन्धित मन्त्रीहरुले आज जवाफ र स्पष्टीकरण दिएपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची भएकाले आफ्ना सांसदहरुलाई बजेटका पक्षमा मत जाहेर गराउने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस