‘कुलिङ पिरियड’बारे छानबिन समितिका लागि सबै सांसदको नाम टुंगियो, २१ दिनको समयावधि
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 12
काठमाडौं-संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको छेडखानी संसदीय छानबिन विशेष समितिलाई तीन साताको समयावधि दिइएको छ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँच दललाई समेटेर गठन गरिएको समितिलाई २१ दिनको समयावधि दिइएको हो ।
समितिमा नेपाली सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई र प्रमसख प्रतिपक्षी माओवादीसहित अन्य दुई दलबाट एक–एक जना सांसदलाई छानबिन विशेष समितिमा राखिएको छ ।
सभामुखको सचिवालयका अनुसार कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्कीको नाम आएको छ ।
फेसबुक पेज Like गर्नुहोस