सर्वोच्चमा ३ न्यायाधीश नियुक्त
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 27
काठमाडौं - सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार न्याय परिषद्को सिफारिसमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीश नियुक्त गरेका हुन्।
आजै उनीहरूको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस