देउवा निवास बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं-सत्ता साझेदार दल नेपाली कांग्रेसको आज पदाधिकारी बैठक बस्दैछ । बैठक अहिले बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास (बुढानीलकण्ठ) मा बस्न लागेको हो ।
पदाधिकारी बैठकले सोमबार सुरु हुने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डालगायत विषयमा छलफल गर्ने बताइएको छ ।
गत फागुन १ गते बसेको कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले चैत मसान्तसम्म तरुण दल, नेविसंघ, महािला संघ, थारु संघ, किसान संघ र लोकतान्त्रिक खेलकुद संघलाई महाधिवेशन गर्न निर्देशन दिएको थियो। तर यीमध्ये कुनैले पनि अझै अधिवेशन गर्न सकेका छैनन् ।
सोमबारदेखि हुने कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीका भ्रातृ संस्थाका तदर्थ समितिको पदावधि थप्ने वा ती भंग गर्ने, निर्णय गर्नेछ।
फेसबुक पेज Like गर्नुहोस