शिक्षाबाहेकका विषय पढेकाले पनि शिक्षक लाइसेन्स परीक्षा दिन पाउने
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं-प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय तहको शिक्षक हुन शिक्षा संकाय बाहेक अरु पढेकाले अवसर पाउने सहमति जुटाएको छ ।
शिक्षक सेवा आयोगले लिने लाइसेन्सको परीक्षा भने अनिवार्य गरेको छ ।
प्रत्येक शिक्षकले पाठ्यक्रम परिवर्तन गर्दा वा प्रत्येक पाँच वर्षमा सरकारले तोकेको पुर्नताजकी तालिम लिइ शिक्षकलाई अध्यावधि गर्नु पर्ने व्यवस्था समितिले पारित गरेको हो ।
आइतबार बसेको शिक्षा समिति बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्।
फेसबुक पेज Like गर्नुहोस