अपडेट : बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ बेपत्ता
खबर एक्सप्रेस
२०७६-०३-३१ ११:०० मा प्रकाशित
Total Shares: 1132
काठमाडौं - देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।
गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।विपद्बाट सिर्जित समस्याले हालसम्म ६९ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन् ।यसैगरी ३८ जना घाइते भएका छन् भने १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् ।
हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ । उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस