आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 7
काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया मौसम बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी तराईका भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशीको पहाड र मधेश , गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
फेसबुक पेज Like गर्नुहोस