काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ ।

एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने विमानस्थल कार्यालयले जनाएको छ ।

मंगलबार बन्द गरिएको विमानस्थल यसअघि आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो । विमानस्थल बन्द हुँदा आन्तरिक र बाह्य दुवै उडानहरू प्रभावित बनेका छन् ।