काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूलाई आफूले सम्मानजनक बहिर्गमन चाहेको बताएका छन् । 

आइतबार सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशहरुकोसँगको छलफलमा जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव राखेका हुन् । 

मन्त्रिपरिषद, संवैधानिक परिषद् लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेर पछि हटेको लगायत विषयमा प्रधानन्यायाधीशको न्यायिक विचलन देखिएको भन्दै सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजिनामा मागेका थिए।