कृषिलाई आधुनिक प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अब कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धान दिवसका अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना(यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो। आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ।’
उनले अगाडि लेखेका छन्, ‘तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ। कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाऔँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना ।’
फेसबुक पेज Like गर्नुहोस