कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह
काठमाडौं - दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो ।
दूतावासले शान्तपूर्वक रहन र कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ ।
‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ,’ राजदूतावासले भनेको छ ।
इरानले अमेरिकी आक्रमणको जवाफस्वरूप कतारस्थित अमेरिकी सैन्य आधार लक्षित गर्दै मिसाइल प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ।
फेसबुक पेज Like गर्नुहोस