नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्यो, रिट खारेज
खबर एक्सप्रेस
२०७७-१२-३० ०६:१५ मा प्रकाशित
Total Shares: 308
काठमाडौं - नहकुल सुवेदीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न बाटो खुलेको छ । नियुक्त गर्न योग्यता नपुगेको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै सुवेदीलाई न्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो ।
सोमबार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले संविधानअनुसार योग्यता पुगेको भन्दै रिट खारेज गरेको हो । सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ३ वर्ष २ महिना ३ दिन मात्र काम गरेका छन् ।
सुवेदीले उच्च अदालतको मुख्य न्यायाधीश पदमा ५ वर्ष काम नगरेको भन्दै उनको योग्यतामाथि प्रश्न उठाइएको थियो । बरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सुवेदीलाई विपक्षी बनाएर रिट हालेका थिए ।
फैसलाको अंश:-
फेसबुक पेज Like गर्नुहोस