आजको मौसमः यी स्थानहरुमा मेघगर्जनसहित वर्षा हुने
काठमाडौं - हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसोः प्रदेश १ र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ का लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीः प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस