नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहको शपथ समारोह सुरु
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को शपथ ग्रहण समारोह सुरु भएको छ । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह सुरु भएको हो । केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । प्रधानमन्त्रीले शपथ लिएपछि आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने तयारी छ । शपथ समारोहमा मुलुकका उच्चपदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहभागी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस