यू-१९ महिला साफ च्याम्पियनसिप : आज भारतसँग खेल्दै नेपाल
खबर एक्सप्रेस
२०८२-१०-१७ १०:०३ मा प्रकाशित
Total Shares: 35
काठमाडौं - यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल शनिबार शुरु हुँदैछ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेल नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल बंगलादेश र भुटानका बीच दिउँसो १२ बजे हुनेछ ।
यसैगरी आयोजक नेपालले दिउँसो ३ बजे भारतसँग प्रतिस्पर्धा गर्नेछ । दक्षिण एसियाली फुटबल महासंघ साफको समन्वय तथा अखिल नेपाल फुटबल महासंघ एन्फाको आयोजनामा हुने प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ ।
लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस