काठमाडौं - लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।  अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारमा बैठक बस्न लागेको हो।

दुई सातापछि बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावित विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी आजको बैठकमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की तथा विचौलिया इनम सापाकोटासँग नाम जोडिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरुका बारेमा पनि छलफल हुने स्रोतको दावी छ । 

यद्यपी सर्वोच्चका न्यायाधीश हरी फूयालले भने विचौलिया सापकोटा प्रकरणमा आईजीपी कार्कीले असहयोग गरेको आरोप लगाउँदै आएका छन् ।