गएको २४ घण्टामा १ हजार २ सय सात जनामा कोरोना सङ्क्रमण
खबर एक्सप्रेस
२०७७-०६-१० ०४:२२ मा प्रकाशित
Total Shares: 269
काठमाडौंं - पछिल्लो २४ घन्टामा देशभर १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यो अवधिमा १० हजार १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकोसमेत हालसम्म देशभर संक्रमित हुनेको संख्या ७१ हजार आठ सय २१ पुगेको छ । हाल सक्रिय संक्रमित भने १८ हजार तीन सय ४१ जना छन् ।
विगत २४ घन्टामा देशभरबाट ११ सय ४७ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ५३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
संक्रमित निको हुने दर ७३.८ प्रतिशत पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
फेसबुक पेज Like गर्नुहोस