काठमाडौं - नेपालको सीमा मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शनको तयारी गरिरहेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो स्वतन्त्र नेपाली नागरिक समूहले हुम्लाको लिमिभ्यालीमा चीनले सिमाना मिचेको विरुद्धमा प्रदर्शन गर्ने क्रममा ४० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका हुन् ।

‘ब्याक अफ चाइनाः चीन तपाईं हाम्रो भूमि अतिक्रमण गर्न सक्नुहुन्न’ लेखिएको ब्यानर बोकेर प्रदर्शन तयारी गरिरहेकै बेला उनीहरुलाई पक्राउ गरेको बताएको छ । हाल उनीहरुलाई प्रहरीले कमलपोखरीमा राखेको छ ।