प्रदेश १ को नीति तथा कार्यक्रम पारित
काठमाडौं - प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो।
प्रदेश सभामा नीति तथा कार्यक्रम प्रति सांसदले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री राजेन्द्र राईले दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रमको छलफलमा ३० जना सांसदले सहभागिता जनाएका थिए।
नीति तथा कार्यक्रममाथि नेकपा एमालेले आइतबार संशोधन प्रस्ताव दर्ता गरेको थियो। उठेका प्रश्नको जवाफ आइतबार मुख्यमन्त्री राईले दिएका थिए। एमालेले संशोधन प्रस्ताव फिर्ता नलिएपछि सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले नीति तथा कार्यक्रम पारित भएको जानकारी दिए।
नीति तथा कार्यक्रममाथि एमालेले दर्ता गरेको प्रस्ताव भने अस्वीकृत भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस