काठमाडौं - भोलि शनिबार भए पनि बैंकहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिक बैंकका शाखा तथा काउन्टर खुला हुने भएको हो । 

भोली दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकहरु खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला हुने भएको हो ।

बैंकहरु शनिबार तथा सार्वजजिक बिदाको दिन बन्द हुने भए पनि विशेष कारणले भने खुल्ने गरेका छन् ।