काठमाडौं - सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि निरन्तर परकम्प आएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ५१ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसयता निरन्तर परकम्पहरु गइरहेका हुन् ।

बिहान साढे ७ बजेसम्म साढे चार घण्टाको अवधिमा २४ वटा पराकम्पन आएका थिए । तर त्यसपछि भने साना पराकम्पन एउटा पनि नआएको बताइएको छ ।