सुनको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७७-१२-२४ ११:०९ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा एक हजार २३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस