अग्रता जोगाउन नसक्दा पीएसजी रोकियो
खबर एक्सप्रेस
२०७९-०१-२६ ०८:२२ मा प्रकाशित
Total Shares: 480
काठमाडौं - फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति भएको खेलमा २-० को अग्रता जोगाउन नसक्दा ट्रोएससंग २-२ गोलको बराबरीमा रोकिएको छ ।
पिएसजीले घरेलु मैदान पार्क प्रीन्सेसमा भएको खेलमा मार्किन्होस र नेयमारले गोल गर्दा २-० को अग्रता बनाएको थियो ।
तर ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्कापछि दुबै टोली अंक बाढ्न बाध्य भए । बराबरीसँगै पीएसजीको ३६ खेलबाट ८० अंक छ । ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस