प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
काठमाडौं - नेपाल प्रहरीको जनपद, प्राविधिक (स्वास्थ्य) र प्राविधिक (इन्जिनियरिङरसूचना प्रविधि) समूहतर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो । जनपदतर्फ १ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मोरङ बजेट शाखामा कार्यरत ध्रुव कुमार श्रेष्ठलाई एसपी फदमा बढुवाका लागि सिफारिस गरिएकाे छ ।
स्वास्थ्य उप-समूह (चिकित्सक) तर्फ रिक्त ९ जना एसपी पदका लागि देहाय बमोजिमका डिएसपीहरूलाई सिफारिस गरिएको छ । जसमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. विकल श्रेष्ठ, डा.बोध बिक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नमन लामिछाने, डा.दिपा चुडाल, डा. सुवास थापा र डा. झवानी गुरुङ रहेकाे जारी सूचनामा उल्लेख गरिएकाे छ ।
ईन्जिनियरिङ्ग उप-समूह, सूचना प्रविधि कम्प्युटरतर्फ ३ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । जसमा ई. राम कुमार बस्नेत, सुनिल कुमार वरनवाल / राइजन् महर्जन रहेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस